हुम्लाबाट प्रतिनिधिसभाका लागि एमालेका तीन जना सिफारिस

जनता संवाददाता
२०८२ पुष २४ गते, बिहीबार

हुम्ला । आगामी फागुन २१ गते हुने प्रत्यक्ष तर्फ एमालेले तिन जनाको नाम सिफारिस गरेको छ । एमाले जिल्ला कमिटि हुम्लाले अन्तत दल रावल, दल फडेरा र सौमती ऐडीको नाम सिफारिस गरेको हो ।

सिफारिस भएकामध्ये दल रावल पटक पटक चुनाव लडिसकेका पात्र हुन् । उनले अधिकांश निर्वाचनमा हार बेहोर्नुपरेको छ । दल फडेराले अधिकांश निर्वाचन पराजित हुनु परेको छ । सौमति ऐडीलाई भने समावेशीका आधारमा मात्रै सिफारिस गरेको देख्न सकिन्छ ।

युवाहरुलाई सिफारिस नभएको भन्दै एमाले, हुम्लामा व्यापक असन्तुष्टि पैदा भएको छ । समानुपातिकतर्फ गोरख बहादुर बोगटीलाई एकल सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २०८२ पुष २४ गते, बिहीबार


Scroll to Top

Janata Media