404 Not Found


nginx
धार्मिक भ्रमणका लागि सभापति लामिछाने भारत प्रस्थान - Janata Media

धार्मिक भ्रमणका लागि सभापति लामिछाने भारत प्रस्थान

जनता संवाददाता
२०८३ कार्तिक ७ गते, शुक्रबार

काठमाडौं । शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका लामिछाने पत्नी निकिता पौडेलसहित कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत जानाएका हुन् । धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो भ्रमण पारिवारिक र धार्मिक उद्देश्यमा केन्द्रित रहेको बताए ।

परिवारको आध्यात्मिक आस्था र परम्पराअनुसार कारागारमा रहँदा गरिएको भाकल पूरा गर्न भारत जान लागेका उनको भनाइ छ । कैंचीधाम र कामाख्या मन्दिर रोज्नुको कारणबारे सोधिएको प्रश्नमा उनले पहिलेदेखि नै ती धार्मिक स्थलमा जाने योजना रहेको बताए ।

भ्रमणको क्रममा भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनले बताए । सभापति लामिछानेले भ्रमणमा कुनै राजनीतिक भेटघाटको कार्यक्रम नरहेको स्पष्ट पारे ।

आफ्नो व्यक्तिगत भ्रमणलाई राजनीतिक विषयसँग नजोड्न आग्रह गर्दै उहाँले यसलाई धार्मिक आस्था र पारिवारिक विश्वाससँग सम्बन्धित विषयको रूपमा लिनुपर्ने बताए ।

प्रकाशित मिति : २०८३ कार्तिक ७ गते, शुक्रबार