धनगढीमा आगलागी हुँदा अस्पतालसहित अन्य पसलमा क्षति

जनता संवाददाता
२०८० मंसिर २ गते, शनिबार

काठमाडौँ । धनगढीमा आगलागी हुँदा एक अस्पतालसहित ८ वटा पसलमा क्षति भएको छ।

शुक्रबार राती १ बजे धनगढी उपमहानगरपालिका–१ मा रहेको भण्डारी जनरल स्टोरमा अचानक बिद्युत तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको हो।

आगलागी भएको खबरप्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक देवेन्द्र बहादुर पालको कमाण्डमा ४० जना प्रहरीको टोली घटना स्थलमा पुगेको छ। त्यस्तै नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली पनि घटना स्थलमा पुगेको छ।

धनगढी–उपमहानगरपालिकाका २, गोदावरी नगरपालिकाको १ र कञ्चनपुरको पुनर्वास नगरपालिकाको १ गरी ४ वटा दमकल सहितको टोलीले आगो निभाउने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले जानकारी दिए।

भण्डारी पसलसंगै जोडिएका अन्य ७ पसलमा पनि आगलागी भएको छ। आगलागीबाट सारथी अस्पतालमा पनि क्षति भएको छ। आगालागीबाट मधुमाला देवी सप, सपिङ सेन्टर, सुभिक्षादेवी सपिङ सेन्टर, न्यु सदिक्षा इन्टरप्राईजेजमा क्षति भएको छ।

यस्तै भण्डारी सु –सेन्टर ट्रेडर्स एण्ड सप्लायर्समा आगालागीबाट क्षति भएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रण कार्य भइरहेकोले क्षतिको विवरण आउन बाँकी रहेको डिएसपी चन्दले जानकारी दिए।

प्रकाशित मिति : २०८० मंसिर २ गते, शनिबार


Scroll to Top

Janata Media