काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन मिति असोज १२ गते सरेको छ । महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टका अनुसार पछिल्लो समय असोज ५ गते तिनै तहको निर्वाचन सम्पन्न गर्ने मिति घोषणा भइसकेको अवस्थामा अध्यक्ष विपुल पोखरेलले विभिन्न कारण देखाउँदै राजीनामा दिएपछि असहज परिस्थिती उत्पन्न भएको छ । जसकारण, घोषणा भएको मितिमा सामान्य हेरफेर गरी निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक परिस्थिती सिर्जना भएको हो ।
उनका अनुसार अध्यक्ष पोखरेलकै नेतृत्वमा महासंघसँग सरोकार राख्ने पक्षसँगको सहमतिमा तयार भएको मतदाता सूची बिहीबार निर्वाचन समितिलाई हस्तान्तरण गरिएको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘महासंघको तर्फबाट मिति २०८१ असोज १२ गते शनिबारका दिन निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्राचार गरिएको छ । मतदाता सूची मिति २०८१ भदौं २९ गते शनिबारका दिन सार्वज्निक गरी सोही दिन निर्वाचन प्रयोजनका लागि तालिका सार्वजनिक गर्ने समझदारी भएको जानकारी गराउँदछु । ’







