समाचार फलोअपः हुम्ला युवा समुहको ध्यानाकर्षण पछि प्रधानमन्त्री कार्यालयको निर्देशन, कम भाडा दरमा हवाई टिकट दिनु

जनता संवाददाता
२०८२ आश्विन ९ गते, बिहीबार

काठमाडौँ । हुम्ला लगायत कर्णालीका जिल्लामा दसैं, तिहार जस्ता चाड पर्वहरुमा वायु सेवा कम्पनीहरुले भाडदर उच्च बनाएको भन्दै हुम्ला युवा समुहले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री कार्यालयले कम भाडा दरमा हवाई टिकट उपलब्ध गराउन वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

बुधवार हुम्ला युवा समुहले दशैंमा काठमाडौं देखि नेपालगंज र नेपालगंज देखि हुम्ला, डोल्पा जस्ता दुर्गम क्षेत्रमा नागरिक उड्डयन सेवा प्रदायकहरुले हवाई भाडा ५१ प्रतिशतले वृद्धि गरेको मुल्यवृद्धिले दुर्गम जिल्लाका बासिन्दाहरु, बिरामी, बिद्यार्थी, तथा पर्वका लागि गाउँ फर्किन चाहने नागरिकहरुलाई गम्भिर आर्थिक बोझ परेको भन्दै ध्यानाकर्षण गराएको थियो ।

त्यो सँगै प्रधानमन्त्री कार्यालयले नागरिक उड्डयन प्राधिकरणको केन्द्रीय कार्यालय, सिनामंगल, काठमाडौँमा यस मन्त्रालय र प्राधिकरणका पदाधिकारीहरू सहित वायुसेवा क्षेत्रका सरोकारवालाहरूको उपस्थितिमा दशै, तिहार तथा छठलगायतका चाडपर्वहरूको समयमा यात्रुहरूलाई हवाई टिकटको सहज उपलब्धताका सम्बन्धमा छलफल हुँदा चाडपर्व अवधिभर सबै वायुसेवा कम्पनीहरूले स्वीकृत उच्चतम् भाडादरभन्दा कम भाडादरमा हवाई टिकट उपलब्ध हुने व्यवस्था मिलाउने साथै वायुसेवा कम्पनीहरूको क्षमता र थप मागको आधारमा उडान सुरक्षाको प्रत्याभूतिसहित प्राधिकरणले थप उडान अनुमतिको लागि सहजिकरण गर्न निर्देशन जारी गरेको छ ।

यो पनि पढ्नुहोस्ः

हुम्ला युवा समुहले बुझायो प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई ज्ञापन पत्र

प्रकाशित मिति : २०८२ आश्विन ९ गते, बिहीबार


Scroll to Top

Janata Media