प्रत्येक नागरीकलाई खाद्य बस्तु उपलब्ध सुनिश्चीत गरीएको छ : मन्त्री रिजाल

जनता संवाददाता
२०८० श्रावण २८ गते, आईतवार

काठमाडौं । उद्योग तथा आपूर्ति मन्त्री रमेश रिजालले नेपाल सरकारले प्रत्येक नागरीकलाई खाद्य बस्तुको अभाबमा जिवन जोखीममा पर्ने अवस्थाबाट सुरक्षीत हुने गरी सुनिश्चीत गरीएको बताएका छन् ।

आईतबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चौथो वार्षिक उत्सव समारोहमालाई सम्बोधन गर्दै उनले संविधानले खाद्य व्यवस्था सम्बन्धी हकलाई मौलिक हकको रुपमा लिएसँगै जसअन्तर्गत प्रत्येक नागरीकलाई खाद्य बस्तुको अभाबमा जिवन जोखीममा पर्ने अवस्थाबाट सुरक्षीतको सुनिश्चीत गरीएको बताएका हुन् ।

उनले भने,नेपालको संविधानले खाद्य व्यवस्था सम्बन्धी हकलाई मौलिक हकको रुपमा लिएको छ, जसअन्तर्गत प्रत्येक नागरीकलाई खाद्य बस्तुको अभाबमा जिवन जोखीममा पर्ने अवस्थाबाट सुरक्षीत हुने कुरा सुनिश्चीत गरीएको छ ।’

उनले नीजि क्षेत्रले सेवा पु¥याउन नसकेका दुर्गम क्षेत्रमा खाद्ययन्न अनपूर्ति गर्ने र खाद्य बस्तुको मूल्य बृद्धि नियन्त्रण गर्ने मूल्य स्थीरता कायम गर्ने कुरामा कम्पनी सँधै अगाडी बढ्छ भन्ने विश्वास व्यक्त गरे ।

उनले भने,‘खाद्य सुरक्षाको प्रत्याभूति हुने गरी बजारमा खाद्य बस्तुको मूल्य बृद्धि नियन्त्रण गर्ने मूल्य स्थीरता कायम गर्ने आफ्नो सेवा व्यापार विविधिकरण गर्ने आर्थिक अनुशासन कायम गर्ने कुरामा कम्पनी सँधै अगाडी बढ्छ भन्ने विश्वास लिएको छु ।’

मन्त्री रिजालले कम्पनिले सञ्चालन गर्ने उपयोगी र व्यवहारीक क्रियाकलापमा सरकारले सदैव सकारात्मक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २०८० श्रावण २८ गते, आईतवार


Scroll to Top

Janata Media