हुम्ला। अदानचुली गाउँपालिका–३ को काठेसेरा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । घरनजिकैको खोला तर्दा अन्दाजी ४०–४५ वर्षीय रवि भ्याल बेपत्ता भएको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले जानकारी दिए ।
बुधबार रातिदेखिको अविरल वर्षाले केही घरखेत र बारीमा समेत क्षति पुर्याएको प्रारम्भिक जानकारी आएको अध्यक्ष सिंहले बताए ।
बाढी तथा पहिरोकोमा परेकाहरुको खोजी, उद्धार र क्षति संकलनका लागि जिल्लाबाट प्रहरी परिचालन गरिएको छ ।







