‘वर्तमान अवस्थामा जीवन मुल्य शिक्षा किन ?’ विषयक बाल वक्तृत्वकला प्रतियोगिता

जनता संवाददाता
२०८१ बैशाख २२ गते, शनिबार

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा ‘वर्तमान अवस्थामा जीवन मुल्य शिक्षा किन ?’ विषयक बाल वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को आयोजना र बाल सचेता केन्द्रको संयोजनमा बाल वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्य र वडा नं ११ का वडासदस्य शर्मिला गौतमको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराई, अन्य जनप्रतिनिधिहरु, शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सञ्चालकको भूमिकामा बाल सचेतना केन्द्र नेपालका अध्यक्ष बाबुराम फुयालले गरेका थिए ।

वक्तृत्वकला प्रतियोगितामा तिन सामुदायिक विद्यालयका १२ जना विद्यार्थीले भाग लिएका थिए । ति १२ जना प्रतिस्पर्धीमध्ये ग्राम शिक्षा मन्दिर माध्यामिक विद्यालयकी छात्रा अन्जु श्रेष्ठ प्रथम, ग्राम शिक्षा मन्दिर माध्यामिक विद्यालयकी छात्रा एलिसा चौलागाई दोस्रो, यज्ञमति माध्यामिक विद्यालयका छात्र अनुप लाम्गाडे तेस्रो जनजागृति माध्यामिक विद्यालयकी छात्रा शर्मिला सुनुवार चौथो भएकी थिईन् ।

प्रतियोगितामा सहभागी सम्प्रर्ण विद्यार्थीले प्रमाणपत्र पाएका थिए । प्रथम, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्नेले नगदसहित प्रमाणपत्र र ट्रफि पाएका थिए । कार्यक्रममा एक कुशल वक्ता कमल सिलवालले जीवन शिक्षाका बारेमा काउन्सिलिङ गरेका थिए । उक्त सेसनमा उपस्थित सम्पूर्ण उत्साहित भएर ग्रहण गरिरहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि एवं नगर प्रमुख मिठाराम अधिकारी, वडा नं १० का वडाध्यक्ष नवराज भट्टराई, वडा नं १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराई र अन्य अतिथिले आ-आफ्ना भनाई राखेका थिए । अन्त्यका कार्यक्रमकी सभाध्यक्ष एवं वडा नं ११ की वडा सदस्य शर्मिला गौतमले कार्यक्रम समापन गरेकी थिईन् ।

कार्यक्रमको व्यवस्थापन एवं सहि ढंगले अगाडी बढाउनका लागि बाल सचेजना केन्द्रकी कोषध्यक्ष शर्मिला उप्रेतिले भूमिका खेलिेकी थिईन् । यहि अवसर पारेर बाल सचेना केन्द्र नेपालले २०८१ सालको भित्ते पात्रो विमोचन पनि गरेको थियो । यसमा प्रमुख अतिथि एवं नगर प्रमुख मिठाराम अधिकारी लगायत अन्य सहभागीले भित्ते पात्रो समाएर विमोचन गरेका थिए ।

                                              

प्रकाशित मिति : २०८१ बैशाख २२ गते, शनिबार


Scroll to Top

Janata Media