काठमाडौँ । मौसम खुलेसँगै काठमाडौँ उपत्यकाबाट बुधबार विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ स्तूपसँगै मनास्लु, लाङटाङलगायत हिमशृङ्खलाको मनमोहक दृश्य देखिन थालेको छ ।
आकाश सफा भएपछि उपत्यकाबाट टाढाका हिमालसमेत स्पष्ट देखिन थालेका हुन् । खुलेको मौसमले काठमाडौँको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएको छ ।







