सुर्खेत । कर्णाली प्रदेशको प्रदेश सभाको सभामुखमा एमालेकि नन्दा गुरुङ निर्वाचित भएकि छन् । आज भएको कर्णाली प्रदेश सभाको तेस्रो बैठकमा भएको निर्वाचनमा उनी निर्वाचित भएकि हुन् ।
उनले जम्मा २४ मत ल्याएर सभामुख पदमा निर्वाचित भएकि हुन् । उनीसँग कांग्रेसका खड्कबहादुर पोखरेलले प्रतिस्पर्धा गरेका थिए । उनले जम्मा १४ मत प्राप्त गरेका थिए ।
नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राष्ट्रिय प्राजातन्त्र पार्टी र नेकपा १ गरि जम्मा २४ मत गुरुङको पक्षमा खसेको हो। गुरुङ सुर्खेतबाट समानुपातिक सांसदमा निर्वाचित सांसद हुन्।
जेष्ठ सदस्य नेपाली कांग्रेसका हिक्मतबहादुर विष्टले सभा सञ्चालन गरेका थिए। उनले भोट हालेनन्। यस्तै, जुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही भने तटस्थ बसेका थिए।
यस्तै, नेपाली कांग्रेसबाट सभामुखमा उम्मेदवारी दिएका खड्गबहादुर पोखलेरले जम्मा १४ मत पाएका छन्। पोखरेललाई एकीकृत समाजवादीले भोट दिएको छ। कांग्रेसका पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (१)बाट निर्वाचित भएका थिए।