इन्डोनेसियामा फुटबलका क्रममा भएको हिंसामा मृत्यु हुनेको संख्या १७४ पुग्यो

जनता संवाददाता
२०७९ आश्विन १६ गते, आईतवार

काठमाडौं । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी मृत्यु हुनेको संख्या १७४ पुगेको छ । बीबीसीका अनुसार हिंसामा परी १८० जना घाइते भएका छन् ।

फुटबल खेलका क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा उक्त घटना भएको थियो । फुटबलमा हार्ने पक्षका समर्थकले पिचमा आएर आक्रमण गरेपछि भागदौड मच्चिएको थियो ।

समर्थकलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो ।

 

प्रकाशित मिति : २०७९ आश्विन १६ गते, आईतवार


Scroll to Top

Janata Media