404 Not Found


nginx
१४ दिनपछि मृतक शोभाको दाहसंस्कार, बुवा भन्छन्- मेरो छोरीको हत्यारा खुलेआम हिँडेको छ - Janata Media

१४ दिनपछि मृतक शोभाको दाहसंस्कार, बुवा भन्छन्- मेरो छोरीको हत्यारा खुलेआम हिँडेको छ

जनता संवाददाता
२०८० आश्विन २७ गते, शनिबार

काठमाडौँ । करिब १४ दिनपछि मृतक शोभा थापाको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ।

हुम्लाको अदानचुली गाउँपालिका वडा नं १ स्थायी घर भई हाल काठमाडौँको मंगलबजार बस्दै आएकी मृतक शोभा गत असोज १५ गते आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्।

त्यस लगत्तै मृतकका परिवारले पोस्ट माटमका लागि पाटन अस्पतालमा लगेका थिए। पोस्ट माटम रिपोर्टमा लास गलिसकेका कारण कुनै पनि शङ्कास्पद अवस्था नरहेको पाटन अस्पताललाई उद्धत गर्दै पीडित मृतकका परिवारहरूले बताए । प्रहरी प्रशासनले पनि आफूहरूले ज्यानमारा केसमा निवेदन दिन खोज्दा लिन नमानेको र उल्टै आत्महत्या दुरुत्साहनमा मात्र उजुरी दिन मिल्छ भनेर टारेको पीडितहरू बताउँछन् ।

मृतकका परिवार र आफन्तजनहरू विगत १५ दिनदेखि शोकमा थिए । उता आरोपित पक्ष भने घटना ढाकछोप गर्न लागिपरेको थियो ।

मृतक किशोरीका बुवा ओदानसिंह थापा

मृतक किशोरीका बुवा ओदानसिंह थापाले छोरीले घरमा कुनैपनि जानकारी नदिई आरोपित युवक युवराल मल्लसँग बस्दै आएको र घटना भएपछि आफुहरुलाई थाहा नदिई अरु नै व्यक्तिलाई खबर दिएको हुनाले सँगै बस्दै आएका आरोपित युवक युवराज मल्ल माथि शंका रहेको बताउँछन् । ‘यो केसमा कुनै पनि सम्बन्धित निकायले सहयोग गरेन । हामी मात्र न्याय खोजिरहेका छौँ । सम्बन्धित निकायले हामीलाई न्याय दिलाओस् अझै पनि न्याय मरेको छैन । मेरो छोरीसँगै बस्दै आएको युवक युवराज मल्ले नै मेरो छोरीको हत्यारा हो ।’ जनता मिडियासँग बिलौना गर्दै उनले भने ।

मृतक किशोरीकि आमा भने बोल्ने नसक्नेगरी बेहोसमा थिईन् । परिवार एकदमै विक्षिप्त छ । पुरै गाउँ शोकमा डुबेको छ ।

आरोपित मल्ल हुम्लाको सर्केगाड गाउँपालिका वडा नं १ स्थायी घर भई हाल काठमाडौँ मंगलबजारमा घर डेरामा लिई मृतक किशारीसँग करिब २ महिनादेखि सँगै बस्दै आएका थिए ।

प्रकाशित मिति : २०८० आश्विन २७ गते, शनिबार