चंखेली जिप दुर्घटनाः घाईते सातै जनाको पहिचान खुल्यो

जनता संवाददाता
२०८१ भाद्र ५ गते, बुधबार

हुम्ला । हुम्लाको चंखेली गाउँपालिकामा आज बिहान लगभग आठ बजे बोलेरो जीप दुर्घटना हुँदा जिपमा सवार सबै जना घाईते भएका छन् ।

कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका–२ गर्खा देखि देउली बजार तर्फ आउँदै गर्दा मुगु सडक खण्डको गौरी सल्ला स्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए । चालक सहित सात जना सवार रहेको उक्त जीपमा पाँच जना शख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चन्दले बताए ।

शख्त घाइते हुनेमा चंखेली गाउँपालिका घर भएका ३५ वर्षिय सुरेन्द्र शाही, ५० वर्षिय तील बहादुर शाही, १५ वर्षिय रविन शाही र मुगुको छायानाथ नगरपाली–१३ का ४० वर्षिय पृथ्विी रावत र बोलेरो जीप शाही रमेश मल्ल शख्त घाइते भएको जानकारी प्राप्त भएको छ । उनिहरुको शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ । यस्तै बाजुरा बुढीनन्दा नगरपालीका–४ घरभएका सावरी चालक महेन्द्र विक्रम शाह मध्यम र चंखेली गाउँपालिका–२ बस्ने मायादेवी शाही सामान्य घाइते भएका छन् ।

गाडी पूर्ण रुपमा क्षति भईसकेको छ । गाडी लगभग ५० मिटर तल खसेको जनाईएको छ ।

यो पनि पढ्नुहोस्ः

चंखेलीमा बोलेरो जिप दुर्घटनाः सवार सातै जना घाइते, दुईको अवस्था गम्भीर

यसभन्दा अघि हेडलाईनमा पहिचान खुल्यो लेख्नुपर्नेमा सनाखत लेखिएकोमा क्षमा याचनासहित सच्याइएको छ । -सम्पादक

प्रकाशित मिति : २०८१ भाद्र ५ गते, बुधबार


Scroll to Top

Janata Media