बेलगाम् गृहमन्त्री सुधन गुरुङ, कार्यशैलीका कारण रास्वपाभित्रै बमण्डर, विचौलिया दिपक भट्टसँगको कनेक्सनले नाङ्गिए

जनता संवाददाता
२०८३ बैशाख ८ गते, मंगलवार

मन्त्री बन्ने बित्तिकै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ, त्यसपछि अन्य भिआईपीलाई पक्राउ गरेसँगै निकै नै चर्चामा आएका पात्र हुन्, गृहमन्त्री सुधन गुरुङ । यि पक्राउ कुनै अनुसन्धानका लागि नभएर उनकै ठाडो निर्देशनमा प्रतिशोधपूर्ण भएको अहिले स्पष्ट हुन्छ । यसै कारण पनि ओली र लेखकलाई हिरासतमा नराख्न अदालतले परमादेश नै दिनु परेको थियो । अन्य पक्राउ पनि विधिसम्मत नभएको स्पष्ट देखिन्छ ।

केही दिन अगाडी काठमाडौँ उपत्यकाभन्दा बाहिर गएर आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने सडकका ठेकेदारलाई निर्देशन दिएको घटनाले पनि उनको कार्यशैलीलाई उदाङ्गो पारेको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत रहेको उक्त कार्यलाई हमला गर्दै आफ्नो कार्य क्षेत्र नै बिर्सेर प्रस्तुत हुनुले उनको क्षमता माथि नै प्रश्न उठेको थियो ।

यहि विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मैंले प्रश्न गरेको थिंए, सभापति ज्यू..गृहमन्त्री सुधन गुरुङको कार्यशैलीमाथि पार्टी बाहिर मात्रै होईन पार्टी भित्रै प्रश्न उठ्न थालेका छन्, तपाईंले कसरी हेर्नुभएको छ ? जवाफमा लामिछानेले भनेका थिए, मुल्याङ्कन गर्ने बेला नै भएको छैन । मैंले प्रति प्रश्नमा भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत रहेको सडकका ठेकेदारलाई निर्देशन दिनु उहाँको अधिकार क्षेत्र हो ? लामिछानेले भनेका थिए, केही कम्युनिकेसन भएको होला र मलाई सबै कुरा थाहा हुँदैन । त्यसपछि मैले फेरी प्रति प्रश्न गरें, त्यो ठिक हो की होईन् ? जवाफमा लामिछानेले सबै कुरा थाहा नपाई हो, होईन् भन्न सक्दिन भनेका थिए ।

त्यस लगत्तै दियो पोष्टले दिपक भट्ट र शंकर समुहसँग गृहमन्त्री सुधन गुरुङको ‘पार्टनरसिप’, रामचन्द्र भट्ट पनि साझेदार १ शिर्षकमा अर्को खुलासा गर्यो । यो समाचारले त तरङ्ग नै ल्याईदियो ।

सम्पत्ति शुद्धीकरण लगायतका गम्भीर आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका दीपक भट्टको समूहको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गृहमन्त्री सुधन गुरुङसमेत लगानीकर्ता रहेको खुलेको थियो । सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका भट्ट र विवादास्पद शंकर समूहको लगानी रहेको सो कम्पनीमा गृहमन्त्री गुरुङको २५ लाख रुपैयाँ बराबरको सेयर रहेको दियो पोस्टले प्रारम्भमा सार्वजनिक गरेको थियो । त्यसपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक बनेको थियो ।

उकेराले एकपछि अर्को गम्भिर विवादमा गृहमन्त्री सुधन : फ्री तिब्बत हुँदै जोडिए विवादित घराना शंकर र दीपक भट्टसँग शिर्षकमा समाचार सार्वजनिक गरेको थियो । हामी नेपालको आर्थिक गतिविधिदेखि फ्रि तिब्बत अभियानसम्म जोडिएका उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर गोर्खाबाट जितेसँगै सप्र्राइजको रूपमा गृहमन्त्रीमा नियुक्त भएका थिए ।

यि खुलासा र कार्यशैली उदाङ्गो भएपछि जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ । मुभमेन्टले सुशासन, पारदर्शिता र जवाफदेहिताको मामिलामा कुनै पनि किसिमको सम्झौता वा ढिलासुस्ती स्वीकार्य नहुने चेतावनी समेत दिएको छ ।

मेरो माग छ, गृहमन्त्री सुधन गुरुङलाई तत्काल दर्खास्त गरी छानविन गर्नुपर्छ ।

प्रकाशित मिति : २०८३ बैशाख ८ गते, मंगलवार


Scroll to Top

Janata Media