काठमाडौं । भदौ महिनाको १५ दिनमै ६ लाख ७८ हजार बुक तास आयात भएको छ । सरकारले राजपत्रमार्फत १४ वैशाखमा तास आयातमा प्रतिवन्ध लगाएर १४ भदौमा प्रतिवन्ध खोलेको थियो ।
तर १५ दिनकै बीचमा १ करोड ३ लाख रुपैयाँ बराबरको तास आयात भएको भन्सार विभागले जानकारी दिएको छ । यसबाट ७४ लाख ६४ हजार भन्सार राजस्व पनि संकलन भएको छ । दशैंमा परिवार र साथिभाइले रमाइलो गर्न पनि धेरै खेलिने भएकाले तासको उच्च माग हुने गरेको छ ।
आयात खुलेको छोटो समयमै तासको आयातको दर भने समान्य छैन । साढे ९ महिनामै साढे १० करोडभन्दा बढी मूल्यको एक करोड ‘बुक’ तास ९प्लेइङ कार्ड० आयात भएपछि वैशाखमा सरकारले तासको आयात रोकेको थियो । तास रोकेपछि क्यासिनोहरुले तास आयात खोल्न दबाब दिएका थिए ।
नेपालमा पछिल्ला वर्षमा तास ९प्लेइङ कार्ड०को प्याकेटको माग बढ्दो छ । दशैंतिहारमा कतिपयले जुवाका रुपमा त कतियले रमाइलोको रुपमा मात्रै तास खेल्ने प्रचलन छ । तर नेपालभित्र उच्च गुणस्तरको तास उत्पादन हुँदैन, यसका कारण वर्षमा करोडौं रुपैयाँ तास आयातमा खर्च हुने गरेको छ ।