चाङ्ला हिमालमा अलपत्र परेका पर्यटकको सकुशल उद्धार

जनता संवाददाता
२०७९ आश्विन २५ गते, मंगलवार

काठमाडौँ । हुम्लाको चाङ्ला हिमालको बेसक्याम्पमा अलपत्र परेका पर्यटकको सकुशल उद्धार गरिएको छ। सिमकोट गाउँपालिका– १ स्थित चाङ्ला हिमाल चढ्न पुगेका पाँच बेलायती र दुई नेपाली नागरिकलाई माउन्टेन एयरको हेलिकोप्टरबाट उद्धार गरिएको हो।

हिमपातका कारण एक सातादेखि अलपत्र परेका उनीहरूको उद्धार प्रयास भए पनि खराब मौसमका कारण उद्धार हुन सकेको थिएन। गृह मन्त्रालयबाट परिपत्र आए पनि मौसमले साथ नदिएपछि आज उद्धार गरिएको माउन्टेन एयरकी फ्लाइट अफिसर आकृति प्रधानले बताइन्।

नयाँ पत्रिकामा खबर छ
प्रकाशित मिति : २०७९ आश्विन २५ गते, मंगलवार