हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा सुत्केरीको मृत्यु भएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ काँखेका २० वर्षका रङ्गिता शाहीको मृत्यु भएको हो ।
दोस्रो सन्तान छोरीलाई जन्म दिनुभएका शाहीको ६ घण्टासम्म स्वास्थ्यमा समस्या भएको थियो । गाउँ नजिकै स्वास्थ्य चौकी नहुँदा शाहीको अकालमै मृत्यु भएको हो ।