जनता मिडियाले गर्यो, हुम्लाको खार्पूनाथ गाउँपालिकासँग अन्तरक्रिया

जनता संवाददाता
२०७९ मंसिर १६ गते, शुक्रबार

हुम्ला । जनता मिडियाले हुम्लाको खार्पूनाथ गाउँपालिकासँग अन्तरक्रिया गरेको छ । याङ्चुबजारमा रहेको गाउँपालिकाको कार्यालयमा जनता मिडियाको आयोजना र खार्पूनाथ गाउँपालिकाको सहयोगमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा जनता मिडियाका सञ्चालक चक्र दानीको सभापतित्वमा र खार्पूनाथ गाउँपालिकाका उपाध्यक्ष ज्ञान बहादुर सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सोहि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर शाही, १ देखि ५ सम्मका वडाअध्यक्षहरु, अन्य कार्यपालिकाका सदस्यहरु र गाउँपालिकाका शाखा प्रमुखहरुको उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् गाउँपालिकाका उपाध्यक्ष ज्ञान बहादुर सिंहले चुनावका बेला जनतामाझ गरेका वाचा एवम् प्रतिबद्धता पुरा गर्न सँधैँ लागिपरेको बताए । खार्पूनाथ गाउँपालिकालाई विकास गर्न कुनै पनि कसुर बाँकी नराखेर काम गरिरहेको र गर्ने समेत बताए । उनले भने, ‘मैँले चुनावका बेला जून बाचा जनतामाझ गरेको ति बाचा पुरा गर्न दिन रात लागेको छु । सबैभन्दा पहिला त जनताका आधारभुत आवश्यकता परिपुर्ति गर्न म अनबरत लागिरहेको छु ।’

उनले थपे, ‘जनताका दुख, पिडा र दिन दिनै आउने समस्यासँग म एकदमै नजिक छु । यसकारण पनि म जनतासँग प्रत्यक्ष सरोकार राख्ने आधारभुत आवश्यकता पुरा गर्न २४ सै घण्टा लाग्ने प्रतिबद्धता व्यक्त गर्छु ।’

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवम् खार्पूनाथ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर शाहीले हामीले हुम्लाका अन्य गाउँपालिका भन्दा फरक ढंगले सेवा प्रवाह गरिरहेको र नमूना गाउँपालिकाका रुपमा पनि अगाडी सारेको बताए । उनले भने, ‘हामीले अहिले गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु र सम्पूर्ण शाखाका कामहरु अनलाईनबाट सञ्चालन गरिसकेका छौँ । अहिले हाम्रो पालिका भित्रका ५ ओटै वडाहरुमा आफ्नै वडाका भवनहरु बनाईसकेका छौँ । गाउँपालिको आफ्नै प्रशासनिक भवन छ । यसकारण पनि हसम्लाका अन्य गाउँपालिका भन्दा खार्पूनाथ गाउँपालिका नमूना छ ।’

त्यस्तै कार्यक्रमका अतिथि एवम् १ देखि ५ सम्मका वडा अध्यक्षहरुले पनि आ आफ्नो धारणा राखेका थिए । उनीहरुले निर्वाचित भएदेखि गरेका आफुले कामहरुको विवरण प्रस्तुत गरेका थिए । उनीहरुले आ आफ्नो वडामा आवश्यक पूर्वाधारको योजना प्रस्तुत गरेका थिए । उनीहरुले आ आफ्नो क्षेत्रका समस्या गाउँपालिका अध्यक्ष समक्ष राखेका थिए ।

कार्यक्रमका सभापति एवम् जनता मिडियाका सञ्चालक चक्र दानीले जनता मिडिया अहिले स्थानीय तहसँग जोडिन आएको र पुन केहि विशेष कार्ययोजनाका साथ आउने बताए ।

कार्यक्रममा सहजीकरणको भूमिका जनता मिडिया संवाददाता नन्दकृष्ण थापाले निर्वाह गरेका थिए ।

यस्तै गरी क्रमश हुम्लाका अन्य गाउँपालिकामा पनि अन्तरक्रिया कार्यक्रम हुनेछ ।

प्रकाशित मिति : २०७९ मंसिर १६ गते, शुक्रबार


Scroll to Top

Janata Media