बागमतीको प्रदेश अधिवेशन पुस १८ गतेका लागि आह्वान

जनता संवाददाता
२०७९ पुष १४ गते, बिहीबार

काठमाडौँ । बागमतीको प्रदेश सभा अधिवेशन पुस १८ गते सोमबारका लागि आह्वान भएको छ ।

बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पुस १८ गते सोमबार दिउँसो १ बजे प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश सभाको बैठकको अध्यक्षता ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले गर्ने छन् । बुधबार मात्र प्रदेश प्रमुखसँग जेष्ठ सदस्यको नाताले पद तथा गोपनियताwको शपथ लिएका उनले अरु सांसदले बिहीबार शपथ गराउँदै छन् ।

प्रकाशित मिति : २०७९ पुष १४ गते, बिहीबार


Scroll to Top

Janata Media