राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सूचीबाट टासी ल्हाजोमको नाम हटाएपछि उनी लगायत कर्णालीका आधा दर्जन कार्यकर्ता धर्नामा उत्रिएका छन् । ल्हाजोमले आफु नाम फिर्ता नलिएको र पार्टीले कुनै पनि जानकारी नदिई हटाएको भन्दै रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा धर्नामा उत्रिएका हुन् ।
यसअघि रास्वपा प्रवक्ता मनिष झाले नेताहरूसँग छलफल गरी टासीले नाम फिर्ता लिएको बताएका थिए। धधर्नामा बसेका उनीहरुले रास्वपाले पनि कर्णालीलाई हेपेको आारोप लगाएका छन् । आफुहरु धर्नामा बस्दापनि पार्टीले कुनै पनि प्रकारको प्रतिक्रिया नदिएको गुनासो गरेका छन् ।







