खार्पूनाथका गाउँ गाउँमा हेलिकप्टरबाट नुन ढुवानी

जनता संवाददाता
२०७९ फाल्गुन २४ गते, बुधबार

हुम्ला । हुम्लाको खार्पूनाथ र सिमकोट गाउँपालिकाका गाउँ गाउँमा हेलिकप्टरबाट नुन ढुवानी कार्य सुरु भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा हुम्ला जिल्लाका लागि ढुवानी अनुदानमा व्यवस्था गरिएको आयोडिनयुक्त नुन हेलिकोप्टरबाट गाउँगाउँमा ढुवानी गरिएकोे हो ।

कर्णाली करिडोर अन्तर्गत दुल्ली कुनादेखि लालीबगर खण्डमा सडक निर्माण कार्य भई रहेकाले स्थल मार्गबाट ढुवानी गर्न समस्या भएपछि सर्केगाड गाउँपालिका(६ को ग्युसिबाट हेलिकोप्टरमा नुन ढुवानी गरिएको हो ।

नुन सुर्खेतबाट पैदल मार्गबाट सलीसल्ला हुदै ग्युिससम्म गाडीमा, ग्युसिबाट खार्पुनाथका ५ वटा वडा र सदरमुकाम सिमकोटसम्म कैलाश एयरको हेलिकोप्टरबाट ढुवानी अनुुदानको नुन ओसार्ने कार्य भइरहेको साल्ट टेडिङ कर्पोरेशन सिमकोट शाखाले जनाएको छ ।

माथिल्लो हुम्लाका ३ वटा नाम्खा, सिमकोट र खार्पुनाथ गाउपालिकाका लागि चालुु आर्थिकमा छुट्टयाईएकोे २ हजार २ सय क्विन्टल नुनमा अहिले सम्म १ हजार ५ सय १२ क्विन्टल नुन ढुवानी भएको छ ।

५ वटा वडा रहेको खार्पुनाथ गाउँपालिकामा सबै वडामा हेलिकोप्टरबाटै ढुवानी गरि १ हजार १ सय ९७ क्विन्टल नुन बितरण गरिएको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कणर्बहादुर रावलले बताए । पालिकामा रहेका २१ वटै बस्तिमा हेलिक्पटरबाटै घरको ढोकामा नुन पुर्याएपछि सिमकोटस्थित शाखाको गोदामबाट नुन खरिद गर्नुपर्ने बाध्यताबाट खार्पुनाथका नागरिकले छुटकारा पाएकाले गाउँपालिकाका सबैनागरिक खुसि भएको अध्यक्ष रावलले बताए ।

गाउँपालिकामा वडा अनुसार वडा नम्बर १ मा ३५८ क्वीन्टल, २ मा २६० क्वीन्टल, ३ मा २११ क्वीन्टल, ४ मा २०८ क्वीन्टलर ५ मा १६० क्वीन्टल गरि १ हजार १ सय ९७ क्वीन्टल नुन ढुवानी गाउँगाउँमा ढुवानी गरी बिक्री गरिएको छ । साल्ट टेडिङ कर्पोरेशनको क्षेत्रीय कार्यालय नेपालगंज र सप्लायर्स कम्पनीसंग गाउँपालिका अध्यक्ष कणर्बहादुर रावलको समन्वयमा सो नुन गाउँपालिकाका वडा वडामा ढुवानी भएर बिक्री गरिएको हो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते, बुधबार


Scroll to Top

Janata Media