ट्विटरको लोगो परिवर्तन, नीलो चरा हटाएर राखियो कुकुर

जनता संवाददाता
२०७९ चैत्र २१ गते, मंगलवार

काठमाडौँ । सामाजिक सञ्जाल ट्विटरको लोगो फेरिएको छ। ट्विटरका मालिक एल‍न मस्कले उक्त प्लेटफर्मको लोगोबाट चरो हटाएर कुकुर राखेका छन्।

सोमबार रातिदेखि ट्विटरमा चरोको लोगो हटेर कुकुर देखिन थालेको हो। मस्कले लोगो परिवर्तन गरेको पुष्टि गरेका छन्।

सन् २००६ देखि सञ्चालनमा आएको ट्विटरको लोगो फेरिएको यो पाँचौँपटक हो।

सुरुमा चरोको लोगो राखिएकोमा ०७, ०९, ०१० र ०१२ मा लोगो फेरिएको थियो। यी चारैपटक ट्विटरको लोगोमा समानता भने थियो। ती सबै चरोकै लोगो थिए, मात्रै प्रकार फरक थिए।

११ वर्ष पछि फेरिएको नयाँ लोगोमा पहिलोपटक चरोबाहेक अन्य जनावर राखिएको हो।

ट्विटर किनेपछि गत फेब्रुअरी १४ मा मस्कले ट्विटरको सीईओको कुर्सीमा कुकुरको फोटो राखी नयाँ सीईओ बताएका थिए।

प्रकाशित मिति : २०७९ चैत्र २१ गते, मंगलवार


Scroll to Top

Janata Media