नक्कली शरणार्थी प्रकरणमा थप एक आरोपी पक्राउ

जनता संवाददाता
२०८० जेष्ठ १२ गते, शुक्रबार

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रयासमा संलग्न रहेको आरोपमा प्रहरीले १७ औं आरोपी लक्ष्मी महर्जनलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, टेकुको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको एसपी सीताराम रिजालले बताए ।णार्थी प्रकरणमा थप एक आरोपी पक्राउउनी यो घटनाका एक जना आरोपी केशव तुलाधरकी श्रीमती हुन् ।

उनको नामको खातामा पीडितहरुबाट उठाइएको रकम आएको देखिएपछि उनलाई प्रहरीले प्रतिवादी बनाएको थियो । प्रकरणमा प्रहरीले दुई दिनअघि ३० जना आरोपीविरुद्ध मुद्दा दर्ता गरेको छ । किर्ते, संगठित ठगी र राज्यविरुद्धको कसूरमा मुद्दा चलाइएकाहरु विरुद्ध जिल्ला अदालत, काठमाडौंमा थुनछेक बयान जारी छ ।

 

 

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते, शुक्रबार


Scroll to Top

Janata Media