एसिया कप फाइनल : भारतविरुद्ध श्रीलंका ५० रनमै अलआउट

जनता संवाददाता
२०८० भाद्र ३१ गते, आईतवार

काठमाडौं । एसिया कप क्रिकेटको फाइनलमा श्रीलंकाले भारतविरुद्ध अत्यन्तै खराब ब्याटिङ गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५।२ ओभरमा ५० रनमै अलआउट भयो ।

भारतीय फास्ट बलर मोहम्मद सिराज एक्लैले ६ विकेट लिएपछि श्रीलंकाको ब्याटिङ धराशयी बनेको हो । सिराजले एकै ओभरमा ४ विकेट लिएका थिए । हार्दिक पाण्ड्याले तीन विकेट र जसप्रित बुमराहले एक विकेट लिए ।

प्रकाशित मिति : २०८० भाद्र ३१ गते, आईतवार


Scroll to Top

Janata Media