थलापति विजयको फिल्म ‘लियो’ को ट्रेलर सार्वजनिक

जनता संवाददाता
२०८० आश्विन २० गते, शनिबार

काठमाडौँ । दक्षिण भारतीय अभिनेता थलापति विजयको फिल्म ‘लियो’ को ट्रेलर सार्वजनिक भएको छ।

बिहीबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा विजयलाई एक्सन अवतारमा देख्न सकिन्छ।

लोकेश कनगराजको लेखन तथा निर्देशन रहेको फिल्ममा थलापति विजय, सञ्जय दत्त, तृषा, अर्जुन, प्रिया आनन्द, मनसूर अलि खानलगायत कलाकारको अभिनय छ। फिल्ममा ललित कुमारको लगानी छ।

यो प्यान इन्डिया फिल्म हो। यो फिल्म अक्टोबर १९ देखि प्रदर्शन हुँदैछ।

निर्देशक कनगराजको ‘कैथी, विक्रम र मास्ट’ जस्ता फिल्म निर्देशन गरेका थिए।

प्रकाशित मिति : २०८० आश्विन २० गते, शनिबार


Scroll to Top

Janata Media