मकवानपुरमा सुमो दुर्घटना हुँदा १३ जना घाइते

जनता संवाददाता
२०८० कार्तिक ७ गते, मंगलवार

हेटौँडा । मकवानपुरको इन्द्र सरोवर गाउँपालिका वडा नं. ५ मकैवारिमा मङ्गलवार बिहान ३ बजेर ३५ मिनेटमा टाटा सुमो दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । कुलेखानी मातातिर्थ हुँदै वीरगन्जबाट काठमाडौँतर्फ जादैं गरेको मधेस प्रदेश ०३–०० १ ज ०२८३ नम्बरको सुमो आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार १३ जना घाइते भएका हुन् ।

घाइते हुनेमा सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका वडा नम्बर–२१ का २५ वर्षीय अनिल कुमार शाह, भारतको जानकी चापा छत्तिसगढकी २५ वर्षीया रचना कुमारी सूर्यवंशी, सोही स्थानकी ३५ वर्षकी गङ्गा देवी सूर्यवंशी, ३० वर्षकी मधु सूर्यवंशी, ३७ वर्षको इन्द्र सेन, ३१ वर्षकी रितु सूर्यवंशी, २९ वर्षकी सरोजनी देवी, ११ वर्षकी प्रतिभा सूर्यवंशी, २ वर्षकी दिव्या सूर्यवंशी, ४ वर्षको प्रतीक सूर्यवंशी, ३१ वर्षको विजय कुमार सूर्यवंशी, ३५ वर्षको अजय कुमार सूर्यवंशी र नाम थर नखुलेको ६० वर्षीया महिला रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उद्धार गरी उपचारको लागी काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० कार्तिक ७ गते, मंगलवार


Scroll to Top

Janata Media