बालुवाटारमा प्रधानमन्त्री, ओली र देउवा बीच छलफल

जनता संवाददाता
२०८० मंसिर ६ गते, बुधबार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली बीच बालुवाटारमा छलफल भएको छ ।

विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले डाकेको तीनदलीय शीर्ष बैठकका लागि उनीहरु प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार शान्ति सम्झौताको १७ वर्षमा भएका प्रगति र अनुभवको समीक्षा तथा आगामी दिनको योजना बनाउन उनीहरुबीच छलफल भएको हो ।

‘प्रधानमन्त्रीले शान्ति सम्झौताको अनुभव साटासाट गर्ने र यसपछाडिका काम तय गर्न बैठक बोलाउनुभएको हो,’ उनले भने ।

प्रकाशित मिति : २०८० मंसिर ६ गते, बुधबार


Scroll to Top

Janata Media