१६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानको अन्तिम दिन बुढानीलकण्ठमा चित्रकला प्रदर्शनी

जनता संवाददाता
२०८० मंसिर २५ गते, सोमबार

काठमाडौँ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १६ दिने लैङ्गिक हिंसविरुद्धको अभियानको अन्तिम दिन बुढानीलकण्ठ नगरपालिकाको प्राङ्गणमा चित्रकला प्रदर्शनी सँगै सम्पन्न भएको छ।

“लैङ्गिक हिंसा विरुद्ध हाम्रो सचेतना” अभियानको कार्यक्रमहरुमा आज बिहान ८ बजेदेखि १० बजेसम्म प्रत्येक वडामा पोस्टर प्रदर्शनी गर्दै र बिहान ११ देखि ४ बजेसम्म नगरपालिकाको प्राङ्गणमा विभिन्न चित्रकलाहरुको प्रदर्शनी गरि कार्यक्रम गरिएको हो।

कार्यक्रममा मुख्य पहलकर्ता नगरपालिकाका उपप्रमुख अनिता लामा, स्थानीय चित्रकार, विद्यार्थीहरू तथा अन्य चित्रकारहरुद्वारा समाजमा देखिने हरेक किसिमका लैङ्गिक, वर्ण, जातजाती र भाषाभाषी लगायतका हिंसा तथा दुर्व्यवहार सम्बन्धी चित्रहरू प्रस्तुतिमा राखिएका थिए।

 

प्रकाशित मिति : २०८० मंसिर २५ गते, सोमबार


Scroll to Top

Janata Media