महाकाली नदीमा बहाव बढेपछि २७ मजदुर टापुमा थुनिए

जनता संवाददाता
२०८१ बैशाख २७ गते, बिहीबार

काठमाडौँ । कञ्चनपुरको महाकाली नदीमा बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ वटा ट्र्याक्रसहित मजदुर थुनिएका छन्।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार आज साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेका १४ ट्र्याक्टरसहित २७ जना चालक र मजदुर टापुमा फसेका हुन्।

प्रहरीका अनुसार महाकालीको बीच टापुमा करिब अढाइरतीन सय स्थानीय नदीजन्य वस्तु सङ्कलनका बेला त्यही टहरा बनाएर बस्ने गरेका छन्।

सोही क्षेत्रमा अहिले ट्र्याक्टर र मजदुर बसिरहेको र कुनै जोखिम भने नरहेको प्रहरीले जनाएको छ।

फसेकाको उद्धारका लागि पहल गरिए पनि जोखिम नभएकाले टापुमै बसिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते, बिहीबार


Scroll to Top

Janata Media