यमुनामाई गाउँपालिकामा तालाबन्दी

जनता संवाददाता
२०८१ आश्विन २० गते, आईतवार

काठमाडौं । वडा कार्यालय साविक गाविस भवनमा सार्नुपर्ने माग गर्दै नेपाली कांग्रेस यमुनामाई गाउँ कार्य समितिले यमुनामाई गाउँपालिकामा अनिश्चितकालिन तालाबन्दी गरेका छन् ।

रौतहटको यमुनामाई गाउँपालिका ४ सरुअठाका अध्यक्ष अश्वनीकुमार यादव (चेतन यादव) ले आफनै घरगोठबाट विगत ७ वर्षदेखि वडा कार्यालय सञ्चालन गरिरहदाँ सेवाग्राही जनताहरु भोग्दै आएको समस्यालाई वडा कार्यलय पायक स्थानमा सार्नु पर्ने माँग गर्दै यमुनामाई गाउँपालिकाको कार्यालयमा आईतवार तालाबन्दी गरेका हुन् ।

वडाध्यक्ष यादवले आफ्नो दोश्रो कार्यकालको लागि निर्वाचित भएको तत्पश्चात प्रमुख जिल्ला अधिकारीलाई गुहारे तैपनि न्याय पाइएनन् बाध्य भएर रिले अनसन गरेको ११ औं दिनमा आज आईतवार गाउँपालिकाको कार्यालयमा तालाबन्दी लगाउनु परेको गाउँपालिका कमिटी अध्यक्ष सिताराम यादवले बताए ।

नेकाका गाउँपालिका अध्यक्ष प्रत्यासी श्रीराम राय यादवले सेवाग्राहीहरु विभिन्न कार्यको लागि सिफारिस गराउन जाँदा वडाध्यक्ष यादवको धाकधम्की र राम्रो व्यवहार नगर्दा साविक गाविसको कार्यालयमा वडा कार्यालय सार्नुपर्ने अडान लिएर २४ घण्टे रिले अनसन गर्दा पनि कुनै सुनवाई नगर्दा आज देखि बाध्यात्मक रुपमा गाउँपालिकाको मुख्य गेटमै ताला लगाएर कामकाज अवरुद्ध बनाइएको बताए ।

प्रकाशित मिति : २०८१ आश्विन २० गते, आईतवार


Scroll to Top

Janata Media