काठमाडौँ । टर्कीको एक होटेलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । आगलागीमा ५० जना घाइते भएका छन् ।
बोलु प्रान्तको १२ तले ग्राण्ड कार्तल होटेलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको इन्डिया टिभीले जनाएको ।
आगलागीको समयमा उक्त होटेलमा २३४ जना रहेको समाचारमा उल्लेख छ ।







