बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

जनता संवाददाता
२०८१ फाल्गुन २१ गते, बुधबार

काठमाडौँ । बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

भिरबाट लडेर गौमुल गाउँपालिका–६, टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको हो ।

गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उनका आफन्त दीपेन्द्र रोकायाले जानकारी दिए । उनी भिरबाट करिब एक सय मिटर तल खोचको खसेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते, बुधबार


Scroll to Top

Janata Media