मैत्रीपूर्ण फुटबल : नेपाल आज हङकङसँग भिड्दै

जनता संवाददाता
२०८२ जेष्ठ २२ गते, बिहीबार

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली र हङकङबिच आज मैत्रीपूर्ण फुटबल हुँदैछ ।

नेपाली समयअनुसार साँझ ५:४५ बजे हङकङमा हुने खेलका लागि नेपाली टोली मङ्गलबार नै हङकङ पुगिसकेको छ ।

नोपलले हङकङसँगको यस खेल एएफसी एसियन कप २०२७ छनोटको तयारीका लागि लिएको छ । एसियन कप छनोट अन्तर्गत नेपालले जुन १० तारिख लाओससँग प्रतिस्पर्धा गर्दैछ । नेपाली टोली हङकङसँग मैत्रीपूर्ण खेल खेलेर उतैबाट लाओससँग खेल्न जाने छ ।

हङकङ र लाओससँग खेल्ने दुवै खेलका लाथि नेपालका मुख्य प्रशिक्षक म्याट रोसले यसअघिनै किरणकुमार चेम्जोङको कप्तानीमा २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसक्नुभएको छ ।

नेपाली टोली

किरणकुमार चेम्जोङ (कप्तान), रोहित चन्द, जिलेस्पिजङ्ग कार्की, अनन्त तामाङ, अञ्जन विष्ट, अभिषेक लिम्बू, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, दीप कार्की, कृतिशरत्न छिन्जु, कुशल देउवा, मणिकुमार लामा, विशाल सुनार, मनीष डाँगी, लाकेन लिम्बू, रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुवास बम ठकुरी, योगेश गुरुङ र सुमीत श्रेष्ठ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते, बिहीबार


Scroll to Top

Janata Media