तपाईं टिपोट गर्दै जानुस्, म क्रमबद्ध रुपमा बताउँदै जानेछु ।
कारण नं १
छोडपुर्जीका लागि कैलाश–ईश्वर जडीबुटी खरिदबिक्री केन्द्र, हुम्लाका सञ्चालक कुन्साङ दोर्जी लामाले सेतक चिनी निकासीका लागि भदौ ३ गते निवेदन दिएका थिए । त्यसको दुई दिनमै भदौ ५ गते डिभिजन वन कार्यालय, हुम्लाका निमित्त डिभिजनल प्रमुख लोकजंग शाहीले छोडपुर्जी दिनुले उनको भूमिका शंकास्पद देखिएको छ ।
कारण नं २
ट्रकले छोडपुर्जी पाएका बेला डिभिजनल वन अधिकृत चन्द्रवीर गुरुङ सुर्खेतमा वार्षिक समीक्षा कार्यक्रममा सहभागी हुनु र नि.प्रमुख शाही गत साउन २२ गते मात्रै रेन्जरबाट स्तर वृद्धि भई वन अधिकृत हुनुले पनि उनको भूमिका शंकास्पद देखिएको छ ।
कारण नं ३
सरकारी कर्मचारी पटक पटक सरुवा हुने नियम सरकारको छ तर उनी विगत २२ वर्षदेखि उक्त कार्यालयमै छन् । उनलाई कसैले सरुवा गर्न सक्दैनन् । सेवाग्राहीका अनुसार उनले उक्त कार्यालयका छुट्टै साम्राज्य खडा गरिसकेका छन् । किनकी उनी नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीका सहोदर भाई हुन् । यसकारण पनि उनको भूमिका शंकास्पद छ ।
कारण नं ४
सेतक चिनि (जडिबुटी) कर्मचारीले सिल गरेको तर भेप आफुले चिन्दै नचिनेको व्यापारी कुन्साङले राति सिल गरेको उनको दाबी सरासर बनावटी देखिनु र बुझ्दै जाँदा कुन्साङ र निमित्त प्रमुख शाहीको सम्बन्ध एकदमै नजिकको साथीको सम्बन्ध हुनुले पनि उनको भूमिका शंकास्पद छ ।
कारण नं ५
डिभिजनल प्रमुख चन्दविर्र गुरुङलाई पनि शाहीको भूमिका शंकास्पद लाग्नु र संभवत् प्रमुख गुरुङलाई सूवा सम्मको प्रक्रिया अगाडी बढाईनुले पनि उनको भूमिका शंकास्पद देखिएको छ । गुरुङले कुराकानीमा धेरै कुरा खोलेका छन् । उनीसँगको एक्सक्लुसिभ कुराकानी केही दिनमा हेर्न सक्नु हुनेछ ।
यि कारणहरु बताउँदै गर्दा अनुसन्धानलाई प्रभावित पार्न खोजेको पक्कै होईन । विषय सार्वजनिक भइसकेपछि सत्यको नजिक पुग्न मात्रै खोजेको हो । बाँकी उनको भूमिका कस्तो रहेछ भनेर धारणा बनाउने जिम्मा तपाईंकै । राजस्व अनुसन्धान विभागले निष्पक्ष रुपमा छानविन गरोस् । दोषी उपर हदैसम्मको कारबाही होस् ।







