बाढीले बगाउँदा बालिकाको मृत्यु

जनता संवाददाता
२०८२ आश्विन १८ गते, शनिबार

काठमाडौं । अविरल वर्षासँगैे उदयपुरको त्रियुगा नगरपालिका वडा ५ दमौटीस्थित स्थानीय अम्मि खोलाको बाढीले बगाएर एक बालिकाको शनिवार मृत्यु भएको छ ।

स्थानीय उज्जन राईको ३ वर्षीया छोरी रेविका राईलाई उक्त खोलामा आएको बाढीले बगाउदा नीजको मृत्यु भएको हो ।

त्रियुगा नगरपालिका वडा ५ का वडा अध्यक्ष उध्दव थापाका अनुसार खोलाको छेउमा खेल्दै गरेको अवस्थामा माथिबाट एक्कासि आएको बाढीले बगाएको र करिव डेढ किलोमिटर तल मृत अवस्थामा निजको सव फेला परेको हो ।

घटनास्थलमा पुगेको प्रहरी टोलिले कानुनी प्रकृया पुरा गरी पोष्टमार्टमका लागि मृतकको शव उदयपुर जिल्ला अस्पताल लगिएको वडा अध्यक्ष थापाले बताए ।

प्रकाशित मिति : २०८२ आश्विन १८ गते, शनिबार


Scroll to Top

Janata Media