काठमाडौँ । प्रधानमन्त्री सुशील कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । चार जना मन्त्रीको नाम पनि ट्ङ्गो लगाइएको स्रोतले जानकारी दियो।
स्रोतका अनुसार सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छन्। गणपतिलाल श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्री बन्ने भएका छन्।
त्यस्तै बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्न लागेको स्रोतले जानकारी दिएको छ।
चारै जना मन्त्रीको आजै शपथ ग्रहण हुने पनि स्रोतले जानकारी दियो।







