काठमाडौँ । हुम्लाको ताँजाकोट गाउँपालिकाले करार कर्मचारीलाई काममा नफर्किन अनुरोध गरेको छ ।
गाउँपालिकामा विभिन्न सेवा समूहका करार सेवाका कर्मचारीहरु तथा शिक्षकहरुको रस्वास्थ्यकर्मीहरु करार सेवा सम्झौताको म्याद अर्को कुनै कानुनी व्यवस्था वा निर्णय नभएसम्मका लागि करार सेवाको म्याद नविकरण नभएको भन्दै कर्मचारीहरुले हाजिर गरे गराएको पाईएमा गाउँपालिका जवाफदेही नहुने र तलब भत्ता लगायतका सेवा सुविधा भुक्तानी गर्न नसकिने स्पष्ट गरिएको व्यहोरा समेत सचेत गराएको हो ।
साथै आफूसँग रहेका कार्यालयका जिन्सी तथा अन्य सामाग्रीहरु गाउँपालिकाको कार्यालयमा बुझाइदिन अनुरोध पनि गरेको छ ।







