हुम्लाको अदानचुलीमा करार कर्मचारी र व्यवसायी आन्दोलित

जनता संवाददाता
२०८२ मंसिर ३ गते, बुधबार

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा करार कर्मचारी र व्यावसायीहरुले गाउँपालिकामा आन्दोलित भएका छन् । २०७९ साल देखी करारमा नियुक्त गरी हालसम्म तलब भत्ता नदिएको र पालिकाभित्र रहेको व्यावसायीका होटल तथा पसलमा खाजा नास्ता, बिभिन्न सामाग्री लिनुका साथै सवारी साधन गाउँपालिकाको प्रयोजनाका लागि भाडामा लिएको रकम अहिले सम्म नदिएको भन्दै आन्दोलन गरेका हुन् ।

पटक पटक तलब नदिएको भन्दै गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई ज्ञापन पत्र बुझाउनदेखी डेलिकेशनका कार्यक्रम गरेको भएपनि करिब करार कर्मचारी लगायत व्यवसायीहरु लान्दोलनमा आइ गाउँपालिकाको कार्यालाय, अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष लगायत सबै शाखामा ताला लगाउनु परेको आन्दोलनमा सहभागी एक करार कर्मचारीले बताए ।

उनीहरुले पालिकाका साथै पालिका अन्त्रगत रहेका सबै शाखामा लगाइएको ताला आफ्नो माग पुरा नभएसम्म नखुल्ने बताएका छन् । आम नागरिकको सामु खुला रुपमा छलफल गर्नु पर्ने माग गरेका छन् ।

यि हुन् अदानचुलीका करार कर्मचारी र व्यवसायीले उठाएका प्रमुख एजेण्डा:

१. २०७९ देखि हालसम्मका करार कर्मचारीको तलव भत्ता उपलब्ध गर्नुपर्ने
२. व्यवसायीहरुको बिल भूक्तानी गर्नुपर्ने ।
३. २०७९ देखि हाल सम्मको सामाजिक लेखा परिक्षण, बैंक विवरण उपलब्ध गर्नुपर्ने
४. २०७९ देखि हाल सम्मका कर्मचारीको हाजिरी विवरण र कर्मचारी विवरण सार्वजनिक गर्नुपर्ने
५. गाउँपालिकाबाट जनप्रतिनिधी र निश्चित कर्मचारीको खातामा गएएको रकमको बैंक विवरण सार्वजनिक गर्नुपर्ने
६. चिन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको सामानको विवरण र दाखिला सार्वजनिक गर्नुपर्ने ।
७. करार कर्मचारीको विज्ञापनमा लिएको राजस्व फिर्ता गर्नुपर्ने
८. गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कोषबाट वितरण गरिएका योजनाको कार्यान्वायन र प्रयति विवरण सार्वजनिक गर्नुपर्ने ।
९. ०७९ देखि हाल सम्मका वडा कार्यालयको र कार्यापालिका सदस्यको रकमको विवरण सार्वजनिक गर्नुपर्ने ।
१०. सुचना प्रविधि अधिकृत नियुक्ति तत्काल गर्नुपर्ने
११. मागहरु जनप्रतिनिधि, कर्मचारी र आम जनताको बिचमा सार्वजनिक गर्नुपर्ने ।

प्रकाशित मिति : २०८२ मंसिर ३ गते, बुधबार


Scroll to Top

Janata Media