केकभित्र गाँजा राखेर अनलाइनमार्फत् बिक्री गरेको आरोपमा एकजना पक्राउ

जनता संवाददाता
२०८० पुष २२ गते, आईतवार

काठमाडौं । केकभित्र गाँजा राखेर बिक्री गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको घट्टेकुलोबाट विसन मानन्धरलाई पक्राउ गरेको हो । मानन्धरले गाजा राखेर केकहरू अनलाइनमार्फत प्रयोगकर्तासम्म पुर्‍याउने गरेको खुलेको छ ।

उनले इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत ती केक बिक्री वितरण गर्ने गरेको प्रहरीको भनाइ छ । गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोला एक सय ७८ ग्राम, ७ सय ५४ ग्राम गाँजा उनको घरबाट बरामद भएको प्रहरीले जनाएको छ ।

मानन्धरले विगत एक वर्षदेखि यसरी केक बनाएर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

प्रकाशित मिति : २०८० पुष २२ गते, आईतवार


Scroll to Top

Janata Media