काठमाडौँ । आ.व.२०७७।०७८ मा हुम्लाको अदानचुली गाउँपालिकामा स्वास्थ्य क्लिनिकको भवन निर्माण ठेक्का प्रक्रिया मार्फत अगाडी बढाईयो । त्यहि आर्थिक वर्षमै निर्माण सम्पन्न पनि भयो । जम्मा बजेट ४३,५४,१८५(रु. त्रिचालिस लाख चोहन्न हजार एक सय पचासी) रकमको कन्टिजेन्सी २,१७,७०९(रु.दुई लाख सत्र हजार सात सय नौ), मुल्य अभिवृद्धि कर ५,७७,९९०(रु.पाँच लाख सतहत्तर हजार नौ सय नब्बे) र १.५ प्रतिशत कर ५५,८२१(रु.पच्पन्न हजार आठ सय एक्काईस्) कटाएर निर्माण कम्पनीले ३५,०२,६६५(रु.पैँतिस लाख दुई हजार छ सय पैसठ्ठी) रुपैँया भूक्तानी पायो ।
निर्माण कम्पनी थियो, हर्क बुढा सञ्चालक रहेको मदानदेव कन्स्ट्रक्सन । उक्त कन्स्ट्रक्सनले निर्माण कार्य सुरु गर्ने बेला १,५६,८००(रु.एक लाख छपन्न हजार आठ सय) अदानचुली गाउँपालिकाको ग्लोबल आईएमई बैंकमा रहेको धरौटी खातामा जम्मा गर्यो । तर निर्माण सम्पन्न भईसकेपछि पनि उक्त धरौटी रकम फिर्ता भएन ।
मिति २०८०।०१।१३ गते अदानचुली गाउँपालिकाले उक्त कन्स्ट्रक्सनको नाममा चेक दियो तर तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाहीको साईन नमिलेको भन्दै रकम निकासा गर्न बैंकले अस्विकार गर्यो । यता लेखापाल दत्त बहादुर थापा भने कन्स्ट्रक्सनका सञ्चालक बुढालाई काम भोलि हुन्छ, भोलि हुन्छ भन्दै टार्ने गरेका छन् ।
गाउँपालिकाका लेखापाल दत्त बहादुर थापाले निर्माण कम्पनीले आवश्यक प्रक्रिया पुरा नगरेको कारणले रकम निकासा गर्न समस्या भएको बताए । ‘यो रकम गाउँपालिकाकै खातामा सुरक्षित छ । उनीहरुले आवश्यक प्रक्रिया पुरा गरेका छैनन् । त्यहि भएर रकम निकासा गर्न समस्या भएको छ ।’ जनता मिडियासँग उनले भने ।
जम्मा गरेको भौचर हेर्नुहोस्:

गाउँपालिकाले फिर्ता गरेको चेक हेर्नुहोस्:








