मुद्दा पुनरावलोकनका लागि सन्दीप उच्च अदालतमा

जनता संवाददाता
२०८० फाल्गुन १० गते, बिहीबार

काठमाडौं । बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछाने मुद्दाको पुनरावलोकनका लागि उच्च अदालत पाटन पुगेका छन् ।

मुद्दा दर्ताका लागि लामिछाने कानुन व्यवसायीसहित केही बेरअघि उच्च अदालत पाटन पुगेका हुन् ।

गत पुस १३ गते जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो ।

गौशला २६ ले सन्दीपले बलात्कार गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते, बिहीबार


Scroll to Top

Janata Media