नोबेल मेडिकल कजेलमा कार्यरत नर्सको हत्या

जनता संवाददाता
२०८० चैत्र २ गते, शुक्रबार

काठमाडौं । विराटनगरको नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको हत्या भएको छ ।

आज दिउँसो स्टाफ नर्सको मृत शरिर भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार उनको मृत शरिर भेटिएको र अहिले परिवारलाई बोलाएर घटनास्थलमा जाने काम भइरहेको छ ।
‘घटनाको प्रकृति हेर्दा हत्या भएको देखिन्छ ।

अहिले मृत व्यक्तिको परिवारलाई बोलाएर घटनाबारे थप अनुसन्धान गर्ने काम भइरहेको छ ।’ उनले लोकपथसँग भने ।

मेडिकल कजेलमा कार्यरत रहेकी उनको नजिकै रहेको कोठामा मृत शरिर फेला परेको थियो । दाहालका अनुसार उनको घाँटीसहित अन्य भागमा केही घाउ देखिएको छ ।

अहिलेसम्म घटनाका दोषीको बारेमा थाहा नभएको र अनुसन्धानको काम थालिएको दाहालले बताए ।

प्रकाशित मिति : २०८० चैत्र २ गते, शुक्रबार


Scroll to Top

Janata Media