काठमाडौं । दाङमा करेन्ट लागेर एक जनाको मृत्युको भएको छ । गोठको छानामा फलेको तरकारी लौका टिप्ने क्रममा विद्युतको तार छुँदा मंगलवार विहान घोराही उपमहानगरपालिका–१२ डाडागाउँ निवासी ६८ बर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारीले दिएका हुन् ।
प्रहरी नायव उपरीक्षक तिमल्सिनाका अनुसार करेन्ट लागेर चौधरीको घट्नास्थलमै मृत्यु भएको थियो । गोठको छानामा फलेको लौका टिप्ने क्रममा करेन्ट लागेको थियो । चौधरीको शव पोष्टमाटमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।







