हुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट संगिता शाहीलाई उम्मेदवार बनाउने भएको छ ।
पार्टीको तर्फबाट सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि संगिता शाहीलाई उम्मेदवार बनाउने निर्णय भएको र सो निर्णयलाई केन्द्रले समेत समर्थन गरेर पार्टीको टिकट समेत आएको राप्रपा हुम्लाका अध्यक्ष विकास बहादुर महतले जानकारी दिए । पार्टीको तर्फबाट उम्मेद्वारका लागि निर्मला महतको पनि दाबेदारी रहेको बनाइएको छ ।
शाही सर्केगाड गाउँपालिका– ४ की स्थायी बासिन्दा हुन् ।







