सुनको मूल्य एक हजार बढ्यो

जनता संवाददाता
२०८१ मंसिर ६ गते, बिहीबार

काठमाडौँ । आज सुनको मूल्य प्रतितोला रु। एक हजारले बढेर रु. एक लाख ६४ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य रु. एक लाख ६३ हजार थियो ।

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । अहिले चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५० कायम भएको महासङ्घले जनाउको छ । कात्तिक १५ गते रु. एक लाख ७१ हजारमा सुनको कारोबार भई उच्च मूल्य कायम भएकामा पछिल्लो समय मूल्य घट्ने, बढ्ने भइरहेको छ ।

प्रकाशित मिति : २०८१ मंसिर ६ गते, बिहीबार


Scroll to Top

Janata Media