राप्रपाका अध्यक्ष लिङ्देन, नेता तामाङ र शाही पक्राउ

जनता संवाददाता
२०८२ बैशाख ७ गते, आईतवार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानबहादुर शाही पक्राउ परेका छन् ।

उनिहरू निषेधित क्षेत्रमा प्रदर्शनका गर्ने क्रममा पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए ।

राप्रपाले निषेधित क्षेत्र तोकिएको माइतीघर बिजुलीबजारमा प्रदर्शन गरेको थियो । शीर्ष नेता पक्राउ परेपछि राप्रपाको प्रदर्शन छिन्नभिन्न भएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते, आईतवार


Scroll to Top

Janata Media