हुम्ला । अदानचुली गाउँपालिकाले शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखमा कामकाजको लागि बिष्णुलाल जैसिलाइ खटाएको छ । नयाँ स्थानिय सरकार गठन भएको छ सात महिना यता कार्यालय प्रमुखको विवाद नटुङ्गिदै गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहले शिक्षा शाखामा पनि हेरफेर गरेका छन्।
हाम्रो जनता मिडियाका संवाददाताले अदानचुली गाउँपालिकाका निवर्तमान शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मन दत्त ढकाललाई बुझ्दा आफ्नो गल्ती केहि पनि नभएको र समयमा हाजिर हुने , आफुले कुनै भष्ट्रचार र अनियमितता पनि नगरेको आफ्नो जानकारी बिना गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहले जैसिलाइ नियुक्त गरेको बताए । समयमा गाउँपालिका मातहतका बिद्यालयमा पनि निरिक्षण भइराखेको आफुले अहिलेसम्म पारिश्रमिक पाउनुपर्ने तलब पनि नपाएको आरोप लगाएका छन् । आफु कार्यपालिकाको निर्णय अनुसार नियुक्त भएको तर अहिले गाउँपालिका अध्यक्षको एकल रोबहरमा आफु शिक्षा शाखा प्रमुखबाट हटाइएको पनि बताए ।
वर्तमान शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिष्णु लाल जैसी सँग गरेको संवाद :
के तपाई राजनितीक शक्तिको कारण नियुक्त हुनु भएको हो ?
होइन , नियुक्तिको कारण खासै आफुलाई थाहा नभएको र पुर्व शाखा प्रमुख सरुवाको तयारिमा हुनुहुदो रैछ जसको कारण मलाई कामकाजको लागि खटाइएको हो ।
शिक्षा शाखा प्रमुखमा नियुक्त हुन के तपाई योग्य हुनुहुन्छ ?
छु , शिक्षा ऐन २०७५ बमोजिम मेरो योग्यता पनि पुगेको छ । मैले स्नातकोत्तर गरि स्थायी शिक्षक हु जसको कारण यसमा योग्य छु ।







