दिपक बुढा, हुम्ला । हुम्लाको जिल्ला चंखेली गाउँपालिकाले विद्यालय बन्द नगर्न अनुरोध गरेको छ। गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै विद्यालय बन्द नगर्न अनुरोध गरेको हो ।
गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीद्वारा जारी गरिएको विज्ञप्तिमा विद्यार्थीको पढ्न पाउने नैसर्गिक अधिकार स्थापित गर्नका लागि पनि शैक्षिक संस्था बन्द नगर्न अनुरोध गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘शिक्षा प्राप्त गर्न पाउनु व्यक्तिको जन्म सिद्ध अधिकार वा नैसर्गिक अधिकार हो । प्रत्येक व्यक्तिले शिक्षा प्राप्त गर्न पाउने अधिकार राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनमा नै व्यवस्था छ । शिक्षा उपलब्ध गराउने दायित्व राज्यको हो भने शिक्षा प्राप्त गर्नु हरेक नागरिकको अधिकार हो ।
नेपाल सरकारको मिति २०६८।०२।११ गतेको निर्णय अनुसार विद्यालयलाई शान्ती क्षेत्र घोषणा गरियो तथा विद्यालय शान्ती क्षेत्र राष्ट्रिय ढाँचा र कार्यन्वयन निर्देशिका २०६८ को बुँदा नं ६.२ को (घ) ले विद्यालयहरुले कुनैपनि दलिय राजनितीक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द,हडताल र पठनपाठन अवरोध गर्ने जस्ता कृयाकलापहरु नभएको हुनुपर्ने व्यवस्था गरिएको स्मरण गराउदै । मिति २०८०।०५।२७ गते संघीय संसद सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को सम्बन्धमा असहमति जनाई पेशागत संगठन नेपाल शिक्षक महासंघ चंखेली गाउँकार्य समितिको मिति २०६०।०६।०४ गते बसेको बैठक अनुसार गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने कार्यक्रमका सम्बन्धमा गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको कुरा अवगत गराउँदै विद्यार्थिहरुको नियमित पठनपाठनमा प्रत्यक्ष बाधा पर्ने गरी विद्यालय बन्द सम्मको कार्यक्रम भएको हुँदा शान्तीपुर्ण आन्दोलन गर्न र आफ्ना मागहरु सम्बन्धित निकाय समक्ष राखे छुट तथा अधिकार सबैलाइ भएको र आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन भएको छ/छैन भन्ने विषय महत्वपूर्ण हुन आउँदछ । आन्दोलनलाई सहयोग गरिदिनु भन्ने व्यहोरा अनुरुप यस चंखेली गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरुको जायज मुद्धामा एक्यबद्धता जनाउँदै जायज मागहरुको सम्बन्धमा गाउँपालिका आवश्यक सहजिकरण गर्न सँधै तत्पर रहेको कुरा अवगत प्रेस बिज्ञापति मा उल्लेख गरेको छ।मिति २०८०।०६।०५ गते देखि विद्यालय संचालन गर्नहुन अनुरोध गर्दै साथै विद्यार्थिहरुको नियमित पठनपाठनको हकअधिकारलाई बञ्चित गर्ने गरि विद्यालय बन्द? गरेमा नियमानुसार कार्बाही गर्ने र नियमित विद्यालय संचालन गर्न हुन सम्पूर्ण विद्यालयहरुलाई आदेशानुसार अनुरोध छ ।’
साथै अभिभावक लगायत सम्पुर्ण सरोकारवाला पक्षहरुलाइ नियमानुसार नियमित विद्यालय संचालनमा सहयोग गरिदिन हुन अनुरोध गरेको छ।







