हुम्लामा माओवादीले प्रत्यक्षमै १० जना सिफारिस गर्यो

चक्र दानी
२०७९ भाद्र १९ गते, आईतवार

काठमाडौं। नेकपा माओवादी केन्द्रले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ दश जनाको नाम सिफारिस गरेको छ ।

जिल्लाको सदरमुकाम सिमकोटमा सम्पन्न बैठकले नाम सिफारिसमा टुंगो लगाउन नसकेपछि सुर्खेतमा बसेको बैठकले प्रतिनिधि सभा र प्रदेश सभा प्रत्यक्ष निर्वाचनतर्फ उक्त सिफारिस गरेको हो ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला समन्वय कमिटी पदाधिकारी तथा सदस्यहरु र अन्य नेताहरुको संयुक्त बैठकले प्रतिनिधि सभामा ३, प्रदेश निर्वाचन क्षेत्र (क) मा तीन र प्रदेश निर्वाान क्षेत्र (ख) मा चार जना गरेर दश जनालाई सिफारिस गरेको हो ।

एक निर्वाचन क्षेत्र भएको प्रतिनिधि सभाका लागि पुर्वमन्त्री छिरिङडम्डोल लामा (कार्चेन), अखिल बुढा र प्रेमबहादुर शाहीलाई सिफारिस गरेको माओवादी केन्द्र हुम्लाका सचिवालय सदस्य छवि थापाले जानकारी दिए । उनका अनुसार प्रदेश निर्वाचन क्षेत्र (क)का लागि जिल्ला समन्वय कमिटीका अध्यक्ष डा. दिपेन्द्र रोकाया, वैकल्पीक केन्द्रीय सदस्य रणसिंह परियार र मानबहादुर थापालाई सिफारिस गरेको छ ।

यसैगरी प्रदेश निर्वाचन क्षेत्र (ख)मा पुर्वमन्त्री छिरिङडम्डोल लामा (कार्चेन), मंगल लामा, सिमकोट गाउँपालिका निवर्तमान उपाध्यक्ष वली रावत र प्रमबहादुर शाहीलाई सिफारिस गरेको छ । प्रदेश (ख)मा सिफारिस हुने लामा र शाही प्रतिनिधि सभाका लागि समेत सिफारिस भएको नेता थापाले बताए ।

वैशाख ३० गते सम्पन्न स्थानीय हतको निर्वाचनको परिणामले जिल्लाको ठूलो पार्टी मानिएको माओवादीले प्रदेश र प्रतिनधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ कसैको नाम सार्वजनिक गरेको छैन् । २०७४ साल मंसिर १० गते सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सबैलाई छक्क पार्दै स्वतन्तबाट चुनाव जितेका प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामाको भने अहिले कतै सिफारिस गरिएको छैन् ।

माओवादी केन्द्र स्रोतका अनुसार लामाले प्रदेशमा रोजाई गरेपछि तत्काल कतै नाम सिफारिस नभएको हो । यद्यपी उनलाई प्रदेशकैं समानुपातिक सूचिमा नाम पठाउनेमा उच्च स्तरमा छलफल चलिरहेको छ । अन्य समानुपातिकका लागि प्रत्यक्षमा सिफारिस भएरपनि टिकट नपाएका नेताहरुलाई सेट गर्न तत्काल कसैको नाम पनि सिफारिस नगरिएको माओवादी केन्द्र हुम्ला स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते, आईतवार


Scroll to Top

Janata Media