सुनसरी । नेकपा (एमाले) भोक्राहा नरसिंह गाउँ कमिटीको आयोजनामा २०८३ सालका दशैं, तिहार, छठ, ईद, बकरईद लगायत चाडपर्वको अवसरमा बृहत् शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
गाउँ कमिटी अध्यक्ष हेमनारायण मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं सुनसरी जिल्ला इन्चार्ज जगदिश प्रसाद कुशियैत प्रमुख अतिथि तथा केन्द्रीय सदस्य धर्मराज निरौला र डा. अबुल हुसेन विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा विभिन्न तहका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। वक्ताहरूले चाडपर्वले सामाजिक एकता, भाइचारा र सांस्कृतिक सद्भावलाई मजबुत बनाउने विश्वास व्यक्त गर्दै सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमले भोक्राहा नरसिंहमा आपसी सद्भाव र एकताको सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।







